धरान । तेह्रथुम र सङ्खुवासभाको उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ।
हिजो अपराह्न देखि साँझ सम्म भएको हिमपातका कारण चिसो बढेपछि जनजीवन प्रभावित भएको छ भने वसन्तपुरको देउरालीबाट ताप्लेजुङको साँघुतर्फ जाने सडक समेत हिजो केही समय अवरुद्ध भएको थियो।
मौसममा आएको बदलीसँगै शुक्रवार अपराह्नबाट तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा हिउँ परेको जनाइएको छ ।
तीनजुरे, पाँच पोखरी, गुफा पोखरी, मङ्गलवारे, चौकी, मिल्के लगायतका क्षेत्रमा हिउँ परेको छ । हिउँ परे पछि अहिले हिउँ खेल्नेहरू बिहानै देखि टिएमजे क्षेत्रमा पुगिरहेको बताइएको छ ।