‘प्रेम गीत ३’ का निर्माता सन्तोष सेनविरुद्ध करिब ५ करोड ठगीको आरोप

न्युजलय १६ मङ्सिर २०७९, शुक्रबार ०२:०३ मा प्रकाशित

काठमाण्डौ । फिल्म ‘प्रेम गीत ३’ निर्माता सन्तोष सेनविरुद्ध ठगीको उजुरी परेको छ । 

सिक्किमका रामगोपाल राईले सेनविरुद्ध चलचित्र निर्माता संघमा ४ करोड ८४ लाख ५० हजार ठगीको आरोप लगाएका हुन् ।

फिल्मको डिजिटल राईटस् दिन्छु भनि आफूसँग पैसा लगेको र पटक–पटक डिजिटल राइटका लागि फिल्मको कपी माग्दा नदिएको राईले उजुरीमा उल्लेख गरेका छन् ।