काठमाण्डौ । सुनको भाउ मंगलबार(आज) तोलामा नौ सय रुपैयाँले घटेका छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार तेजाबी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै चाँदीको भाउ भने स्थिर नै छ । सोमबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि एक हजार तीन सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।