सङ्खुवासभामा कटेरोमा आगलागी हुँदा एक जनाको मृत्यु

न्युजलय १८ पुस २०७८, आइतबार १०:०७ मा प्रकाशित

 सङ्खुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिका–५ लुङसुङमा कटेरोमा आगो लाग्दा जलेर एक जनाको मृत्यु भएको छ । 

आगलागीमा परि २३ वर्षीय पङ्खामान राईको मत्यु भएको हो । राई बसेको कटेरोमा आगलागी हुँदा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । 

पङ्खामानलाई एक्लै छोडेर चार जना साथी खाद्यान्न लिन गाउँतर्फ गएको बेला कटेरोमा आगलागी भएको जनाइएको छ । 

साथीहरु फर्किएर कटेरोमा पुग्दा पङ्खामानको जलेर ज्यान गइसकेको अवस्था भेटिएको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।