घट्यो सुनको मूल्य

न्युजलय २८ मङ्सिर २०८१, शुक्रबार ११:४४ मा प्रकाशित

काठमाडौं । आज प्रतितोला सुन एक हजार दुई सय रुपैयाँले घटेको छ ।

बिहीबार प्रतितोला एक लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ । आज चाँदी प्रति तोला एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।