युवाहरुले घेरेपछि रास्वपा उम्मेदवार चौधरीलाई प्रहरीले सुरक्षा दिएर बाहिर निकाल्यो

न्युजलय ७ फाल्गुण २०८२, बिहिबार ०८:१३ मा प्रकाशित

इटहरी । इटहरीमा रास्वपाका पुर्व सांसद अशोक चौधरीलाई युवाहरुले घेरेका छन् । जेसिसले आयोजना गरेको ककसमा बोल्दै उनले ‘घण्टीलाई भोट नहाल्ने मानिस देशविरोधी’ हो भनेपछि स्थानीयले नाराबाजी गर्दै घेरेका हुन् । युवाहरु आक्रमक बनेपछि प्रहरीले चौधरीलाई सुरक्षा दिएर कार्यक्रमस्थलबाहिर ल्याएको थियो । 


कार्यक्रममा बोल्दै उनले भनेका थिए, यदि तपाईले परिवर्तन आवश्यक ठान्नुभएको छ भने दुई तिहाई पुर्याउन तपाई पनि लाग्नुस् । रास्वपा लागेको छ । तपाई लाग्नु हुन्न भने, अस्थिर सरकार चाहिरहनुभएको छ भने तपाई देश विरोधी हो । त्यसैले तपाई सचेत रहनुपर्छ । 


लगत्तै त्यहाँ उपस्थित युवाहरुले होहल्ला सुरु गरेर प्रतिवाद गरेका थिए । स्टेजमै रहेका राप्रपा उम्मेदवार घनस्याम गुरुनले पनि तपाईसँग चुनाव लड्दैछौं, हामी राष्ट्रघाती हो ?  भन्दै जवाफ मागेका थिए । 


युवाहरुले घण्टी मुर्दावाद भन्दै घेर्न थालेपछि प्रहरीले चौधरीलाई सुरक्षा दिएर बाहिर निकालेको थियो ।