काठमाण्डौ । पाचौँ सातामा प्रदर्शन भइरहेको फिल्म ‘महापुरूष’ ले दश करोड बढी कमाएको छ ।
निर्माण पक्षले फिल्मले चौथो सातामा दश करोड क्लबमा इन्ट्री पाएको जानकारी दिएका छन् । पाचौँ सातामा समेत पर्याप्त शो र हाउसफुल व्यापार गरिरहेको ’महापुरूष’ले ५१ औँ दिनको यात्रा तय गर्ने निश्चित भएको छ ।
फिल्मका निर्माता म्याक्स दीपेश खत्रीका अनुसार फिल्मले पहिलोसाता ४ करोड ५६ लाख ७७ हजार, दोस्रो साता २ करोड ८३ लाख २७ हजार, तेस्रो साता १ करोड ४२ लाख र चौथो साता १ करोड २७ लाख ५ हजारको ग्रस कलेक्सन गरेको हो ।