काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य घटबढ भएको छैन ।
बुधबार प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य भने प्रतितोला दश रुपैयाँले बढेको छ। बुधबार प्रतितोला २ हजार ३०५ रुपैयाँमा किनबेच भएको चाँदी बिहीबार २ हजार ३१५ रुपैयाँमा किनबेच भइरहेको हो ।