विराटनगर । भारत तस्करी गर्न लागिएको चार सय २२ केजी गाँजा मोरङ प्रहरीले बरामद गरेको छ ।
पहाडी जिल्लाबाट ल्याएर भारत तस्करी गर्न सिमा क्षेत्रमा लुकाएर राखिएको ४ सय २२ केजी गाँजा प्रहरीले बरामद गरेको हो।
जहदा गाउँपालिका–२ बेरियारी टोलमा रहेको मकैबारीमा लुकाएर राखिएको ४ सय २२ केजी गाँजा बुधबार दिउँसो मोरङ प्रहरीले बरामद गरेको हो।
स्थानीयबासी मजेबुल मियाँको खेतको मकैबारीमा उक्त गाँजा फेला परेको हो ।
खेतमा गाँजा लुकाएर राखेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण व्युरो विराटनगरको टोलीले छापा मारि १४ वटा बोरामा राखिएको गाँजा बरामद भएको मोरङ प्रहरीले जनाएको छ ।