काठमाडौ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले प्रतिलिटरमा तीन÷तीन रुपियाँले बृद्धि गरेको हो ।
निगमले सोमबार राति १२ बजे देखि लागू हुने गरी मूल्य बढाएको हो । नयाँ मूल्यअनुसार अब पेट्राल प्रतिलिटर १७८ रुपियाँ, डिजेल÷मट्टीतेल प्रतिलिटर १७५ रुपियाँ पुुगेको छ । खाना पकाउने एलपीजी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।
भारतबाट प्रतिलिटर आठ रुपियाँ मूल्य बढेर आएपछि मूल्यवृद्धि गरिएको निगमले जनाएको छ । तेल खरिद गरेबापत आईओसीलाई १६ अर्ब ३० करोड रुपियाँ भुक्तानी गर्नुपरेको र उपभोक्तालाई सहज आपूर्ति गर्न मूल्य बढाउनुुपरेको निगमले जनाएको छ ।