अन्जु पन्तले ल्याइन् नयाँ गीत ‘किनारा’ (भिडियोसहित)

न्युजलय ६ असार २०८०, बुधबार ०१:५३ मा प्रकाशित

काठमाडौं । गायिका अन्जु पन्तको  ‘किराना’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। 

उनलाई गायनमा कुशल बेल्बसेले साथ दिएका छन्। निरोज भट्टको शब्द रहेको गीतमा कुशल बल्बसेले संगीत भरेका छन् भने विश्वास नेपालले संगीत संयोजन गरेका छन्।

प्रकाश भट्टले निर्देशन गरेको म्युजिक भिडिओमा शिशिर पौडेल र स्मारिका ढकाललाई देख्न सकिन्छ। राजेश घिमिरेले छायांकन गरेको गीतको भिडिओलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन्।