मिस नेपालको अडिसन इटहरीबाट सुरु

न्युजलय २८ माघ २०७९, शनिवार ०७:४५ मा प्रकाशित

काठमाडौँ । मिस नेपाल–२०२३ को अडिसन इटहरीबाट सुरु भएको छ ।

दि हिडन ट्रेजरका अनुसार २८ माघबाट इटहरीबाट अडिसन सुरु भएको हो । इटहरीपछि वीरगञ्ज, पोखरा, नेपालगन्ज, सुर्खेत, धनगढीमा र अन्त्यमा काठमाडौं अडिसन गर्ने तयारी रहेको उक्त ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले जानकारी दिए ।

यसअघिको संस्करणदेखि मिस नेपालले देशव्यापी पहुँच पुर्‍याउन हिडन ट्रेजरले क्षेत्रीय अडिसनको पनि थालनी सुरु गरेको हो । मिस नेपाल–२०२३ को फाइनल भने आगामी १३ जेठमा ललितपुरको गोदावरीमा हुनेछ । जसले मिस नेपाल २०२३ उपाधी घोषणा गरिनेछ ।