काठमाण्डौ । देशका पहाडी भेगका केही ठाउँमा आज पनि हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगमा हल्का पानी पर्ने सम्भावना भए पनि देशभर वर्षाको सम्भावना भने तत्काल नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले ठूलो वर्षाको सम्भावना नभए पनि छिटपुटदेखि हल्का वर्षा हुनसक्ने महाशाखाका मौसमविद् ले बताए । तराई मधेसका धेरैजसो ठाउँमा अहिले बाक्लो हुस्सु कुहिरो लागेको र दिउँसो भने मौसममा सुधार आउन सक्ने महाशाखाले जनाएको छ ।