फिल्म ‘प्रसाद २’ को ‘क्रान्ति’ गीत सार्वजनीक

न्युजलय १७ बैशाख २०८०, आइतबार ०२:४१ मा प्रकाशित

काठमाडौँ । शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्म  ‘प्रसाद २’ को  ‘क्रान्ति’ बोलको गीत सार्वजनिक भएको छ ।

फिल्म रिलिज भएको तेस्रो दिन अर्थात आइतबार निर्माण युनिटले ‘क्रान्ति’ बोलको गीत सार्वजनिक गरेको हो । 

राजनीतिक गतिविधि देखाइएको गीतमा फिल्मका मुख्य कलाकार विपिन, केकी, अर्पण लगायतको अभिनय छ । गीतले विद्रोहको कुरा गर्छ । गीतमा विक्रम स्वरको कोरियोग्राफी छ ।  

सुभा थापाको प्रस्तुतिमा तयार भएको फिल्मको यो गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर छ । फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय छ ।

सुशिल पौडेलले कथा रहेको फिल्म सुदर्शन थापाले निर्देशन गरेका हुन् ।