प्रदेश १ मा आज ११ जनामा कोरोना पुष्टि

न्युजलय ५ पुस २०७८, सोमबार ०८:०८ मा प्रकाशित

इटहरी । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यो दर लगातार तीन दिनदेखि एउटै देखिएको छ । दुई सय ८५ जनाको पीसीआर परीक्षण गर्दा आठ र ७४ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  


मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा पाँच र झापामा तीन जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै छ महिलासहित १२ कोरोना सङ्क्रमणमुक्त भएका छन् भने एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । प्रदेशमा अझै ८६ सक्रिय सङ्क्रमित छन् ।