धनकुटा । धनकुटामा सोमबार(आज) दिउँसो कुकुरको टोकाइबाट एकै दिन १५ जना घाइते भएका छन् ।
घाइतेमध्ये धनकुुुटा नगरपालिकाको चुुलिवन, माथिल्लो कोप्चे, तल्लो कोप्चे र बालमन्दिर घर भएका १२ जना धनकुटा अस्पतालको सम्पर्कमा आएको जिल्ला अस्पताल धनकुटाले जनाएको छ ।
अस्पतालको सम्पर्कमा आएकामध्ये कुुकुुरको टोकाइबाट गम्भीर घाइते ६ वर्षीय बालक र ९० वर्षिया महिलालाई थप उपचारका लागि धरान पठाइएको छ ।
१० जना घाइते धनकुटा अस्पतालमा उपचारपछि घर फर्केका छन् । टोक्ने कुकुरको खोजी भइरहेको बताइएको छ ।