काठमाडौं । बिहीबार(आज) सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । आज सुन प्रतितोला एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५५० रुपैयाँमा करोबार भएको छ ।
चाँदी आज प्रतितोला एक हजार ४६० रुपैयाँमा कारोबार भएको छ । बुधबारको तुलनामा चाँदीको मूल्य ३५ रुपैयाँ बढेको हो । बुधबार चाँदी प्रतिताला एक हजार ४२५ रुपैयाँमा करोबार भएको थियो ।