ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका– ३ सिकैचामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
सिकैचाको ओदेकका ३८ वर्षीय लक्ष्मण चिम्लिङ (राई)ले गएराति दाउराले हानेर ३१ वर्षीया श्रीमती निशा राईकोको हत्या गरेको प्रहरीले जनाएको छ ।
श्रीमतीको हत्या गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन गरेर श्रीमतीको हत्या गरेको प्रहरीको भनाइ छ ।
मृतकको शवलाई पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक लागिने बताइएको छ ।