सुनचाँदीको मूल्य बढ्यो

न्युजलय २ भदौ २०८२, सोमबार ११:५२ मा प्रकाशित

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको हो।  

आज सुन १ लाख ९६ हजार ३ सय रुपैयाँले कारोबार भैरहेको छ। यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ।

आइतबार प्रतितोला २ हजार ३१० रुपैयाँमा रहेको चाँदी सोमबार ५ रुपैयाँले बढेर २ हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।