रूपन्देही । शुक्रबार मृत भेटिएका संघीय प्रहरी इकाई कार्यालय भैरहवाका प्रमुख एसएसपी सुशीलकुमार यादवको शनिबार नवलपरासीको त्रिवेणीमा शव यात्रासहित अन्त्येष्टि गरिएको छ ।
त्रिवेणीधाम घाटमा यादवका १५ वर्षीय छोराले दागबत्ती दिएको स्थानीयले जानकारी दिएका छन् ।
शनिबार नवलपरासी रामग्राम नगरपालिका—५ स्थित घरबाट शवयात्रा गरी उनको शवलाई त्रिवेणीधामको घाटसम्म पुर्याइएको थियो ।
शवयात्रामा प्रहरीका उच्च अधिकारीहरुसहित आफन्त, नगरवासीलगायतको सहभागिता रहेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले बताए ।
घाटमा प्रहरीले उनको शवलाई शोक सलामी दिएका थिए।
शुक्रबार दिउँसो कार्यालयको क्वाटरमा एसएसपी यादव झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।