आजको सुनको मूल्य

न्युजलय २६ असार २०८१, बुधबार १२:२० मा प्रकाशित

काठमाडौं । बुधबार सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य घटेको छ।

बुधबार छापवाल सुन तोलाको १ लाख ४४ हजार १ सय तेजाबी सुन तोलाको १ लाख ४३ हजार ४ सय रुपैयाँमा कारोबार हुनेछ।

यस्तै चाँदीको मूल्य बुधबार १ हजार ८७० रुपैयाँ कायम भएको छ।