काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख १५ हजार २०० रुपैयाँ कायम छ ।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दु कायम भएको छ । चाँदी प्रतितोला दुई हजार ५७५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।