मोरङमा लघुवित्तकी कर्मचारीले सेवाग्राहीमाथि हातपात गरेको आरोप

न्युजलय २२ चैत २०७९, बुधबार १२:५० मा प्रकाशित

विराटनगर। फरवार्ड लघुवित्त वित्तीय संस्थाकी कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीमाथि हातपात गरेको आरोपमा मंगलबार बेलुका नियन्त्रणमा लिएर छाडेको हो ।

बुढीगंगा गाउँपालिका–२ स्थित गंगा चोकमा मंगलबार फर्वाड लघुबित्तकी कर्मचारी अनिता थनदारले लघुवित्तकी सेवाग्राही ३५ वर्षीय गौरा खवासलाई हातपात गरेको आरोप छ ।

मंगलबार बेलुका हातपात गरेको भन्दै भेला भएका स्थानीयले होहल्ला गरेपछि इलाका प्रहरी कार्यालय नेमुवाबाट पुगेको प्रहरी टोलीले थान्दारलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङ ल्याएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विवाद गर्ने दुवैलाई मंगलबार जिल्ला प्रहरी कार्यालयमा ल्याएर बुधबार (आज) आउने गरी छाडिएको बताए ।