सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

न्युजलय २७ बैशाख २०८०, बुधबार ०४:५४ मा प्रकाशित

काठमाण्डौ ।  बुधबार(आज) सुनको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँ बढेर एक लाख ११ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज तेजावी सुन प्रतितोला एक लाख ११ हजार पचास रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर छ । महासंघका अनुसार चाँदी मंगलबारकै मूल्य अर्थात् एक हजार ४४५ रूपैयाँमा कारोबार भइरहेको छ ।