मोरङ । मोरङमा एसईई दिने १९९ जना नक्कली परिक्षार्थी पक्राउ परेका छन् । एकै दिन यति धेरै नक्कली परिक्षार्थी पक्राउ परेको नेपालमै पहिलो घटना हो ।
मोरङका विभिन्न परीक्षा केन्द्रबाट सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
एसईईभन्दा माथिल्लो तह उत्तीर्ण व्यक्तिहरू अर्काको नाममा परीक्षा दिन आएको प्रहरीले जनाएको छ ।
मोरंग प्रहरीका अनुसार केराबारीस्थित सार्वजनिक मावि परीक्षा केन्द्रबाट सबैभन्दा बढी १२७ जना नक्कली परीक्षार्थी प्रकाउ परेका छन् ।
त्यस्तै, झोराहाटस्थित सरस्वती मावि केन्द्रबाट ५२ जना र सुन्दरहरैँचाको जनता मावि केन्द्रबाट २० जनालाई नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।