उदयपुर । उदयपुरमा ३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–२ का ३१ वर्षीय राजेश तामाङ हुन् । उनलाई प्रहरीले बिहीवार साँझ पक्राउ गरेको हो ।
तामाङले ती महिलालाई बुधवार साँझ उदयपुरको बेलका नगरपालिका–८ धोपास्थित पाखा बारीमा लगेर बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो ।
सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सीलाबाट खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।