उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
एन्टिजेन परीक्षणमा प्राविधिक शाखाका इन्जिनियरसहित राजश्व शाखाका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाका निमित्त प्रमुख अवधनारायण चौधरीले जानकारी दिए । पछिल्लो दुई दिनमा नगरपालिकामा एक महिला कर्मचारीसहित ८ कर्मचारीमा कोरोना पुष्टि भएको छ।