कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

न्युजलय १६ चैत २०७९, बिहिबार ०७:१६ मा प्रकाशित

काठमाडौं । हिन्दुहरूको पर्व रामनवमीको अवसरमा कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ।  

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार प्रदेशभर आज बिदा हुनेछ ।  

कर्णाली प्रदेश सरकारको २०७८ चैत २९ गतेको निर्णयअनुसार बिदा दिइएको मन्त्रालयको भनाइ छ ।