सुनको मूल्यमा नयाँ रेकर्ड

न्युजलय १४ चैत २०८१, शुक्रबार ११:०५ मा प्रकाशित

 काठमाडौँ । सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । 

बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्यमा १ हजार ४ सय रुपैयाँको वृद्धि भएको छ । बिहीबार  प्रतितोला १ लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाली इतिहासमा सुनको मूल्य यो इतिहासकै उच्च हो । 

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला २ हजार २० रुपैयाँ रहेको चाँदी आज २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ ।