सुनचाँदीको मूल्य स्थिर

न्युजलय २५ असार २०८०, सोमबार १२:३३ मा प्रकाशित

काठमाडौ । सोमबार(आज) सुनको भाउ स्थिर रहेको छ। 

योसँगै सोमबार प्रतितोला छापावाल सुन  १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ३९५ रुपैयाँ कायम भएको छ। आइतबार तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो।