आजको सुनचाँदीको मूल्य

न्युजलय १९ साउन २०८०, शुक्रबार ११:०२ मा प्रकाशित

काठमाडौं । शुक्रबार (आज) सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज छापावाल सुन तोलामा एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि स्थिर रहेर एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ ।