दुई मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु, चार घाइते

न्युजलय १८ पुस २०७८, आइतबार १०:०० मा प्रकाशित

सप्तरी । सप्तरी दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चाकलको मृत्यु भएको छ भने चारजना घाइते छन् ।तुलसीटोलमा 

सप्तकोशी नगरपालिका–४ मा को २२ प १५५८ नम्बरको मोटरसाइकल र स ५ प ३११८ नम्बरको मोटरसाइकल शनिबार साँझ आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकहरू सप्तरीकै कञ्चनरूप नगरपालिका–७ का ३५ वर्षीय शुभाष बस्नेत र उदयपुरको चौदण्डीगढी नगरपालिका–९ का २८ वर्षीय हरिशंकर चौधरीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

घाइते भएका दुवै मोटरसाइकलमा सवार चारजनाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।