असार २४ गते लगनगाँठो कस्दै नीता र हरिहर

न्युजलय १६ असार २०७९, बिहिबार ०८:२६ मा प्रकाशित

काठमाडौँ । नायिका नीता ढुंगानाले असार २४ गते बिहे गर्ने भएकी छिन्। ज्योतिष हरिहर अधिकारी र नीताले प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न लागेका हुन्।


उनीहरु याक एण्ड यति होटलमा असार २४ गते लगनगाँठो कस्दै छन्। आफ्ना नजिकका साथीलाई बोलाएर नीताले बुधबार ब्याचलर पार्टी मनाएकी छिन्।


ब्याचलर पार्टी मनाएकी नीता केकी अधिकारी र वर्षा शिवाकोटीको विवाह शैलीबाट प्रभावित भएको देखिन्छ।


नीताले पनि आफ्नो बिहेमा मिडिया प्रवेशमा रोक लगाउने तयारी गरेकी छिन्।


असार २५/२६ गते याक एण्ड यति होटलमा नै दिने बिहेको पार्टीमा भने फिल्मकर्मी र मिडियाकर्मीलाई पनि निम्ता दिने उनको तयारी छ।


बिहे लगत्तै नीता र हरिहर फिल्म छायांकनमा निस्कने तयारीमा छन्।