बढ्यो सुनचाँदीको भाउ

न्युजलय १३ भदौ २०८०, बुधबार १२:२५ मा प्रकाशित

काठमाडौं । बुधबार (आज) सुनको भाउ ८ सय रुपैयाँले बढेको छ ।

मंगलबार प्रतितोला १ लाख ११ हजार ७ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ५ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको भाउ पनि तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको भाउ पनि २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ ।