आज सुनचाँदीको मूल्य

न्युजलय १७ माघ २०८०, बुधबार ११:०९ मा प्रकाशित

काठमाडौँ । बुधवार(आज) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलवार तोलामा १ लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन तोलामा १ लाख १८ हजार ७०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै बुधवार तेजाबी सुन तोलामा १ लाख १८ हजार १५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

यसैबिच बुधवार चाँदी तोलामा १ हजार ४२० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।