सशस्त्र प्रहरीको ज्यादती, महिलाको कपडा च्यातेर दुर्व्यवहार

न्युजलय १६ साउन २०८०, मङ्गलबार १२:२९ मा प्रकाशित

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–४ मा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीले महिलाको कपडा च्यातेर दुर्व्यवहार गरेका छन्।

आइतबार साँझ भारतीय बजारबाट घरायसी सामान ल्याउँदै गरेका नेपाली उपभोक्ताले आफूहरूमाथि सशस्त्र प्रहरीले कपडा च्यातेर दुर्व्यवहार गरेको आरोप लगाएका हुन्।

मैदा, मटर, चिनी लिएर आएकी पकलीकी सुनिता चौधरी र झुम्काकी हीरा चौधरीको कपडा च्यातिएको थियो। वसन्ती चौधरी, श्यामवती चौधरी र चनावती चौधरीले पनि सशस्त्र प्रहरीको टोलीले दुर्व्यवहार गरेको गुनासो गरे।

आन्तरिक बजारलाई प्रवर्द्धन गर्न र राजस्वको दायरा बढाउन भन्दै भन्सार कार्यालयले सय रुपैयाँभन्दा बढीको सामग्री भारतीय बजारबाट ल्याएमा भन्सार तिर्नुपर्ने नियम ल्याएको छ। सोही नियमानुसार सीमामा कडाइ गरेको प्रहरीले जनाएको छ ।