बढ्यो सुनको भाउ

न्युजलय २६ बैशाख २०७९, सोमबार ११:१३ मा प्रकाशित

काठमाण्डौ । सोमबार (आज) सुन प्रतितोला एक सय रूपैयाँले बढेको छ । 

आज सुन ९८ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९८ हजार ६ सय रूपैयाँमा करोबार भएको थियो। 

त्यसैगरी, आज चाँदी प्रतितोला १२ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।