काठमाडौँ । आइतबार(आज) सुनको भाउ प्रतितोला १ लाख नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार(आज) तोलामा २ हजार रुपैयाँ बढेर प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
यसअघि शुक्रबार प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँ पुगेको छ ।