अरुण नदी थुनिएपछि बराहक्षेत्रमा सतर्कता

बाबुराम कार्की १७ बैशाख २०८०, आइतबार ०५:३५ मा प्रकाशित

संखुवासभा । संखुवासभामा पहिरोका कारण अरुण नदी थुनिएपछि बराहक्षेत्रमा सतर्कता अपनाइएको छ । 

जुनसुकै समयमा पानीको बहाव एक्कासी बढ्ने र अप्रिय घटना घट्न सक्ने भन्दै नगर विपद् व्यवस्थापन समितिको बैठक बसेर सतर्कता अपनाउने निर्णय गरेको हो । 

जुनसुकै समयमा ड्याम कटान भइ सप्तकोशी नदीमा बाढी आउन सक्ने भन्दै बराहक्षेत्र नगरपालिकाले नदि आसपासका वासिन्दालाई सतर्क हुन सुचना जारी गरेको छ ।

संखुवासभाको मकालु गाउँपालिकास्थित निर्माणाधीन नौ सय मेगावााटको अरुण तेस्रो आयोजनास्थलमा सुख्खा पहिरो खसेपछि शनिबार रातीदेखि अरुण नदि थुनिएको छ । 

सुरुङको मुख थुनिएपछि २६ मिटर भन्दा बढी पानी जमेको छ भने पहिरो खस्ने क्रम रोकिएको छैन । सप्तकोशीमा मिसिने सात नदीमध्ये अरुण पनि एक हो ।