वृक्षारोपण गर्दै मनाइयो एन.सि.सि. अल्मुनाई एशोसिएसनको वार्षिकोत्सव

न्युजलय १० पुस २०८२, बिहिबार ०३:०५ मा प्रकाशित

इटहरी । राष्ट्रिय सेवा दल (एन.सि.सि.) अल्मुनाई एशोसिएशनको ८ औँ वार्षिकोत्सवको अवसरमा कोशी प्रदेश समितिले इटहरीस्थित पूर्वी पृतना हेडक्वाटरमा वृक्षारोपण कार्यक्रम गरेको छ । 


पृतनापति उपरथी गौरव कुमार केसी, श्री सैनिक श्रीमती सङ्घकी सल्लाहकारका साथै सहायक रथी, महासेनानी, प्रमुख सेनानीलगायत विभिन्न तहका सैन्य अधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।


कार्यक्रमको सुरुवातमा राष्ट्रिय सेवा दलको स्थापना कसरी भयो भन्ने विषयमा जानकारी दिइएको थियो । एन.सि.सि. अल्मुनाई एशोसिएशन कोशी प्रदेश समितिकी निर्देशक पिंकी थापाले संघले राष्ट्रसेवा, अनुशासन र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखी यस्ता गतिविधिहरू गर्दै आएको बताइन् ।


कार्यक्रममा एन.सि.सि. अल्मुनाई एशोसिएशन कोशी प्रदेशका सल्लाहकार समिति सदस्य अनन्त बिष्ट, सन्तबहादुर तामाङ, उपनिर्देशकअनुप कार्कीलगायत पदाधिकारीहरू, विभिन्न जिल्लाका निर्देशक तथा उपनिर्देशक, कार्यसमिति सदस्यहरू र पूर्व दीक्षित विद्यार्थीहरूको सहभागिता रहेको थियो  ।