सुनको भाउ घट्यो

न्युजलय २५ जेठ २०८३, सोमबार ११:२७ मा प्रकाशित

काठमाडौँ । सोमबार सुनको भाउ घट्दा चाँदीको बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा नौ सय रुपैयाँ घट्दा चाँदीको १० रुपैयाँ बढेको छ । 

सुनको भाउ आइतबार एकै दिन तोलामा आठ हजार दुई सय रुपैयाँ घटेको थियो । 

मूल्य घटेसँगै सोमबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९९ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । 

यता, आइतबार प्रतितोला चार हजार आठ सय ९५ रुपैयाँ रहेको चाँदीको भाउ सोमबार बढेर चार हजार नौ सय पाँच रुपैयाँ पुगेको छ ।