घट्यो सुनको मूल्य

न्युजलय १७ बैशाख २०८२, बुधबार ११:३१ मा प्रकाशित

काठमाडौँ ।  आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो ।

छापावाल सुन आज ७०० रुपैयाँले घटेर एक लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । आज चाँदी एकहजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।