सप्तरीमा महिलाको विभत्स हत्या

न्युजलय १२ पुस २०७८, सोमबार ०४:४५ मा प्रकाशित

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरमा एक महिलाको विभत्स हत्या भएको छ । 

स्थानीय जमाहर यादवकी ५० वर्षीया श्रीमती भुटनीदेवी यादवको सोमबार (आज) बिहान घाँटी रेटी र बियरको बोतल प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको जनाइएको छ । 

घरबाट खेतमा गएका बेला उनको हत्या गरिएको प्रहरीको भनाइ छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।