हेलिकप्टर दुर्घटनामा घाइते भएकालाई काठमाडौं लगिँदै

न्युजलय ४ चैत २०८२, बुधबार ०७:३३ मा प्रकाशित

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्तम्छाको बालाबेंसीमा काठमाडौंबाट गएको एयर डाइनेष्टीको हेलिकप्टर अवतरणका क्रममा बुधबार दुर्घटना भएको छ।

शव बोकेर पुगेको उक्त हेलिकप्टर दुर्घटनापछि उद्धारका लागि पुगेको अर्को हेलिकप्टरले पाइलट र एक जना घाइतेलाई  लिएर काठमाडौं फर्किँदै छ । 

अन्य अरु यात्रुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।