इटहरी । चलचित्र ‘महापुरुष’ युट्युबमा सार्वजनिक भएको छ । बिहीबार लक्ष्मी पूजाको अवसर पारी निर्माता टोलीले फिल्म युट्युबमा सार्वजनिक गरेको हो ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रमा महजोडी हरिवंश आचार्य र मदनकृष्ण आचार्यसँगै राजाराम पौडेल, गौरी मल्ल, नरेश पौडेल, अरुण क्षेत्री, शिखा तामाङ, कोपिला थापा लगायतका कलाकारको अभिनय रहेको छ । नेपालका अधिकांश हल र विदेशमा समेत लागेको यस फिल्मले राम्रो चर्चा पाएको थियो ।