तनाव छल्न कुश्मा पुगेर बन्जी र स्काइ साइक्लिङमा रमाए अभिनेता अनमोल

न्युजलय ५ चैत २०७९, आइतबार ०१:२५ मा प्रकाशित

काठमाडौं । अभिनेता अनमोल केसी ‘छड्के २’को असफलताले दिएको तनावलाई छल्न घुम्न निस्किएका छन् । 

पोखरा घुमघामसँगै उनी पवर्तको कुश्मा पुगेर बन्जी र स्काइ साइक्लिङमा रमाएका छन् ।

विश्वकै दोस्रो अग्लो मानिएको कुश्माको अग्लो बन्जीमा हामफालेसँगै अनमोलले स्काइ क्याफे र साइक्लिङको समेत मज्जा लिए ।

बन्जी सञ्चालक कम्पनी द क्लिफले अनमोलको बन्जी डाइभिङसहित साहसिक खेलका भिडियो र तस्वीर सेयर गरेको छ जहाँ उनी रमाइरहेका छन् । स्वयं अनमोलले पनि यी भिडियो सेयर गरेका छन् ।

पोखरा घुम्न निस्किएका अनमोलले शुक्रबार एक तस्वीर पोस्ट गरेका छन् । फेवाताल किनारको रुखमुनि पिङमा बसेको तस्वीर पोस्ट गर्दै उनी लेख्छन्, ‘र कहिलेकाहीं आज थोरै पीडा हुनुपर्छ । त्यसैले भोलि अलि राम्रो हुन सक्छ ।’

उनको यो पोस्टले उनी आफ्नो करिअरलाई स्तब्ध बनाउने ‘छड्के २’ को बक्स अफिस असफलतासँगक कसरी जुधिरहेका छन् भन्ने छनक मिल्छ ।