उर्लाबारी । मोरङको उर्लाबारी–३ मा सञ्चालनमा आएको प्राथना रिट्रिटमा तत्कालीन राजा वीरेन्द्रबिर विक्रम शाहको परिवारको पूर्णकदको शालिक राखिएको छ ।
शालिकमा पूर्व राजा विरेन्द्रले दौरासुरुवाल, कोट, टोपी र चस्मा लगाएको देख्न सकिन्छ । पूर्वराजा विरेन्द्रकै दायाँतर्फ पूर्व रानी ऐश्वर्यको पूर्णकदको शालिक छ । त्यसपछि युवराज दीपेन्द्रको पूर्णकदको शालिक रहेको छ । दिपेन्द्रलाई छोटो समय राजा समेत बनाइएको थियो ।
श्रुति राज्यलक्ष्मी देवी शाहको पनि पूर्ण कदको शालिक रहेको छ भने युवराज निराजन विक्रम शाहको पनि पूर्ण कदको शालिक रहेको छ । तत्कालीन राजा वीरेन्द्रको परिवारको हत्या भएको २२ वर्ष वितिसकेको छ । २०५८ साल जेठ १९ गते राति नारायणहिटी राजदरबारमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रसहित राज परिवारका आठ जनाको हत्या भएको थियो ।
उर्लाबारीमै पहिलो पटक भि.आर. गेम जोन समेत सञ्चालन गरिएको सञ्चालक रोविन गुरुङले बताए । यसका अलबा प्रार्थनामा राष्ट्र र राष्ट्रियता झल्किने बास्तुकलासहित ऐतिहासिक स्थलहरु, गौतमबद्ध, शिबलगायतको मूर्तिहरु रहेका छन् ।