सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

न्युजलय २७ मङ्सिर २०८२, शुक्रबार ११:४३ मा प्रकाशित

काठमाडौँ । नेपाली सेनामा ३ सय ८८ जनाको लागि  रोजगारी खुलेको छ । नेपाली सेनाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै  रोजगारी खुलेको बताएको हो । 

सेनामा रिक्त रहेका प्राविधिक, हवाई र विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरू खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आह्वान गरिएको छ ।

खुल्लातर्फ २ सय ५, महिला ३१, आदिवासी जनजाती ५३, मधेसी ४४, दलित २८ र पिछडिएको क्षेत्रका ७ जना माग गरिएको छ । मंसिर २६ गतेदेखि पुस २६ गतेसम्म र दोब्बर दस्तुर बुझाई मिति पुस २७ गतेदेखि माघ ३ गतेसम्म आवेदन दिनुपर्ने सेनाले जनाएको छ ।

मंसिर २६ गतेसम्म १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने  सेनाले जनाएको छ ।