बढ्यो सुनको भाउ

न्युजलय २५ पुस २०७९, सोमबार ०५:२४ मा प्रकाशित

काठमाण्डौ । सोमबार (आज) पनि सुन चाँदीको मूल्य बढ्ने क्रम जारी छ। आइतबार प्रतितोला १ हजार रूपैयाँले बढेको सुनको मूल्य आज प्रतितोलामा ६ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३ हजार ९ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ। 

आइतबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ३ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।