‘द भ्वाइस पोर्चुगल’ मा झापाका विवश उप्रेतीको उत्कृष्ट प्रस्तुति

न्युजलय १७ कार्तिक २०७९, बिहिबार १२:५६ मा प्रकाशित

काठमाण्डौ ।  झापाका विवश उप्रेतीले गायन रियालिटी सो ‘द भ्वाइस पोर्चुगल’ मा उत्कृष्ट प्रस्तुति दिएका छन् । 

यही साता भएको ब्लाइन्ड अडिसनमा ‘टिनिज ह्वीस्की’ बोलको गीत गाएर उनले चारै निर्णायकलाई कुर्सी घुमाउन सफल भए ।

योसँगै विवस आगामी चरणका लागि छनोट भएका छन् । केही वर्षदेखि पोर्चुगलमा बस्दै उनी त्यहाँ नेपाली समुदायमा पनि चर्चित छन् ।